काठमाडौँ, २६ मंसिर । सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि आज भएको छलफलमा बोल्दै उनले भन्सारमा आर्थिक चलखेल बढी हुने बताएका हुन् ।
उनले भने, ‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्न परेको छ,’ ‘२५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी छाडिदिने परम्परा छ । अनि कसरी हुन्छ राजस्व सङ्कलन ? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन् ।’
प्रतिक्रिया दिनुहोस्