अर्थ

परिसूचक नेप्सेमा ४५ .८८ अंकले बढ्यो



काठमाडौँ, २६ मंसिर । आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से)मा ४५ दशमलव ८८ अंकको वृद्धि आएको छ ।

दिनभर स्थिर अवस्थामा रहेको सेयर बजारले अन्तिम समयमा सकारात्मक बाटो लिँदा नेप्से परिसूचक १.७१ प्रतिशतले बढेर २ हजार ७ सय १५ दशमलव ८१ अंकमा पुगेको हो ।

आज बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।