राजनीति

वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुन्छ : अध्यक्ष ढकाल



काठमाडौँ, २६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरेका हुन् । 

अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताए । उनले फ्री भिसा र फ्री टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्री टिकट र फ्री भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए । उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए । 

उनले भने, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्री भिसा, फ्री टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिले कहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ ।’