काठमाडौँ, २६ मंसिर । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ ।
आज महानगरले पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ ।
मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
मंसिर २७ गते मेयरको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी मंसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठीखलका गुरुको सम्मान, शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिहरुलाई त्यसै दिन पुरस्कार वितरण तथा मंसिर २९ गते औपचारिक समारोह आयोजना गरिने छ । उक्त दिन महानगरका सबै वडाको प्रतिनिधित्व हुनेगरी फुड फेस्टिवलको आयोजना गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्