समाचार

सहकारीबाट २ लाखबढी रकम चोरी



नवलपरासी पश्चिम, २७ मंसिर । जिल्लाको ग्रामिण वाल्मीकी ऋण सहकारी संस्थाको भवनबाट नगद २ लाख ४२ हजार ८ सय ६० रूपैयाँ चोरी भएको छ ।

प्रहरीका अनुसार बर्दघाट नगरपालिका–९ भुताहास्थित सो सहकारी संस्थाबाट गएराति सो रकम चोरी भएको हो ।

भवनबाट सीसीटीभी क्यामराको स्टोरेज समेत चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।