अर्थ

महँगी बढ्यो



काठमाडौँ, २७ मंसिर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चार महिना महँगी बढेको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चार महिनाको वित्तीय अवस्थामा उपभोक्ता मुद्रास्फीति ५.३० प्रतिशत पुगेको छ । अघिल्लो आव कात्तिकमा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत रहेकोमा यो वर्ष बढेर ५.६० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.१० प्रतिशत गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति खाद्य समूहमा ५.९८ प्रतिशत र गैरखाद्यमा ४.९९ प्रतिशत थियो । चार महिना (साउन–कात्तिक) मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३.९९ प्रतिशत, दाल तथा गेडागुडी १०.७८, खाद्य तथा खाद्यजन्य पदार्थ १०.१५ र घिउ तथा तेलको ९.२९ प्रतिशत बढेको छ ।