Banner News

१० प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिति



काठमाडौँ, २८ मंसिर । विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । 

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच  प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत कात्तिक मसान्तमा आठ दशमलव छ  प्रतिशतले वृद्धि भई २० खर्ब आठ अर्ब १५ करोड पुगेको छ ।