काठमाडौँ, २९ मंसिर । बुटवलको तिनाउ पुलमा बलेरो जिप अनियन्त्रित भई पल्टिँदा दम्पतीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो ।
उक्त जिप अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ । शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्