राजनीति

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व



काठमाडौँ, ३० मंसिर । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा भने आजमात्रै सार्वजनिक गरिनेछ । ।