Banner News

दुर्गा प्रसाईंले टिम बनाएर व्यवसायीलाई धम्क्याएको प्रहरी अनुसन्धानको निष्कर्ष



काठमाडौँ, १ पौष । दुर्गा प्रसाईंले भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउन टिम नै परिचालन गरेको प्रहरीले अनुसन्धानका क्रममा निष्कर्ष निकालेको छ । 

भारतमा बसेर व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयल पक्राउ परेपछि प्रसाईं र अरू ३ जनाको संलग्नता खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

लरेन्स विश्नोइको नाममा धम्की दिन समूह नै परिचालन गरेको भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईं विरुद्ध संगठित अपराधमा पनि अनुसन्धान सुरु गरेको छ ।