समाचार

शोभा पाठक पक्राउ



काठमाडौँ, १ पौष । धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो काठमाडौँ जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।

यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो ।