पाल्पा, ४ पौष । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् ।
इलाका प्रशासन कार्यालय रामपुर, पाल्पाको नवनिर्मित भवनको बुधबार उद्घाटनका क्रममा मन्त्री लेखकले उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् । रास्वपाका नेता–कार्यकर्तातर्फ इंगित गर्दै सहकारी ठगीसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न खोजेको बताएका हुन् । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको बताए । उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने, ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ ।’
प्रतिक्रिया दिनुहोस्