राजनीति

मन्त्री यादवद्वारा  पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन



काठमाडौँ, ४ पौष । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्न निर्देशन दिएका छन् । 

गएराति मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतको एरियामा स्थलगत रुपमा पुग्नु भई छड्के अनुगमन गर्दै मन्त्री यादवले पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गरी नागरिकलाई चाडो शुद्ध मेलम्चीको पानी बितरण गर्न निर्देशन दिएका हुन् । 

उनले भने, “पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सम्पन्न गर्नुस्, नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझनु होला ।”