राजनीति

लोसपामा थपिए ६ जना केन्द्रीय सदस्य



काठमाडौँ, ४ पौष । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा थप ६ जनालाई मनोनीत गरेको छ ।

३४७ सदस्यीय केन्द्रीय समितिमा हिजो विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति ३५५ सदस्यीय बनाइएको थियो । सो पार्टीले बिहीबार ६ जना थप गरेर ३६१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । संविधानमा ४०१ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।  

बिहीबार मनोनीत हुनेहरूमा महोत्तरीका सेवल महरा, ललितपुरका जमुना केसी झा, काठमाडौँका गीता श्रेष्ठ, सर्लाहीका ललिन्द्रकुमार राय र रामहरि तिवारी तथा बाराका फिरोज रहेका छन् । हिजो बुधवार मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रविन्द्र सुनार रहेका छन् ।