समाचार

दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला



जनकपुरधाम, ५ पौष । जनकपुरमा दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

धनुषाका प्रहरीका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ मुरलीचोकस्थित दुर्गामन्दिर परिसरमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइसकेको छैन ।

घटनास्थलको प्रकृति हेर्दा कसैसँग बादविवाद पश्चात ईंटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको छ । घटनास्थलमा रक्सीका बोतल पनि देखिएको छ । घटना हिजो साँझ वा रातिको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।