काठमाडौँ, ५ पौष । नेपाल विद्युत प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी १०८३ जनालाई रोजगारी खुलेको छ ।
प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८८८ जना खुलासमावेशी प्रतिश्पिर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिने छ ।
दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ भने दोब्बर दस्तुर तिरी माघ ३ गतेसम्म आवेदन दिन सकिने छ । अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिका पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र तह ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर, महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
सहायक स्तर तह ५ का पदमा १८ वर्ष पूरा भई ३५ ननाघेको हुनुपर्नेछ । महिला र अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ । प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीलाई भने उमेरको हद लाग्ने छैन ।










प्रतिक्रिया दिनुहोस्