काठमाडौँ, ५ पौष । रौतहटबाट चार जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाहसहित ४ जनालाई आज बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्