समाचार

बागमती किनारमा एक पुरुषको शव फेला



काठमाडौँ, ५ पौष । काठमाडौँस्थित बागमती खोला किनारमा एक पुरुषको शव भेटिएको छ ।

प्रहरीका अनुसार काठमाडौँको कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा ललितपुर महानगरपालिका–१८ जलविनायक बस्ने २४ वर्षीय गौरव थापा मगरको शव फेला परेको हो ।

घटनाबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ ।