राजनीति

जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : गगन थापा



काठमाडौँ, ५ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् । 

आज काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् । 

थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिका टिप्पणी नगर्ने उनको भनाइ छ ।