समाचार

ठगीको आरोपमा एक जना पक्राउ



काठमाडौँ, ५ पौष । ४५ लाख रुपैयाँ ठगीको आरोपमा लागेका व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरीलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगी गरेको आरोप छ ।