राजनीति

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 



काठमाडौँ, ५ पौष । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्चले शुक्रबार उक्त आदेश दिएको हो ।  दुर्गा प्रसाईंका छोरा निराजनको तर्फबाट नारायण खवासले यही पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेका थिए । 

उक्त रिटमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाई गर्दै थुनुवा झिकाउने आदेशसहित कारण देखाउ आदेश जारी गरेको थियो । सोही रिटमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो ।