काठमाडौँ, ६ पौष । महोत्तरीमा डाँका समूहले पूर्व गाविस सचिवको लुटपाटपछि हत्या गरेको छ ।
सो समूहले मनरा शिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ४ बजे सातआठ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले लुटपाटपछि झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हत्या गरिएका झा पूर्व गाविस सचिव भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्