काठमाडौँ, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को शनिबार काठमाडौंमा आयोजित छैटौँ केन्द्रीय बैठकमा उनले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरूले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । उनले एमालेलाई अझ सुदृढ एवं संगठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको बताए । राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताए । राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताए ।
“अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नुपरेको हो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्