काठमाडौँ, ७ पौष । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको मृत्यु भएको हो ।
साथीहरूसँगै ढार खोला सामुदायिक वनमा घाँस काट्न गएकी विक भिरबाट करिब ९० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्