Banner News

रवि लामिछानेलाई अदालत लगियो



कास्की, ८ पौष । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ ।

केहीबेरअघि लामिछानेलाई अदालत लगिएको हो । लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । न्यायाधीश नितिज राईको इललासमा बयान हुँदैछ ।