काठमाडौँ, ९ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न नदिन कार्यविधि ल्याएको छ ।
उक्त कार्यविधिमाराप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ ।
कार्यविधिको परिच्छेद १० को (ग) मा भनिएको छ, ‘सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न हुँदैन।’
साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ । उक्त कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पुर्याउने विषय पनि समेटेर सामाजिक सञ्जाल कार्यविधि ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्