काठमाडौँ, ११ पौष । मंकीपक्स संक्रमित बिरामीको अवस्था सुधारोन्मुख छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
उनले निजको अवस्था सामान्य रहेको बताए । मंकीपक्स संक्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोहीअनुरूप गरिएको निर्देशक बसौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्