काठमाडौँ, ११ पौष । नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।
बजार बढ्दा ७० कम्पनीको सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । गुराँस लघुवित्त, प्रभु बैंक, कुथेली बुखरी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे ।
बजार सकारात्मक रहँदा पनि उपसूचक समूहतर्फ चार समूहबाहेक बाँकी राताम्य देखिए । बैंकिङ सेक्टर १.८१, लगानी ०.२७, माइक्रोफाइनान्स ०.१४ र व्यापार समूह २.३१ प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्