राजनीति

सर्वोच्चका पूर्वन्यायाधीश वस्तीको हृदयाघातका कारण निधन



काठमाडौँ, १३ पौष । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको छ । 

उनलाई हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिए पनि बचाउन नसकिएको पारिवारिक स्रोतको भनाइ छ । 


उनी २०६५ साल भदौ २२ मा न्यायाधीश नियुक्त भएका थिए । पदावधि नथपिएपछि उनले २०७० चैत २९ मा अवकाश पाएका थिए ।

वस्ती करिब ६ वर्षसम्म सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश पदमा रहेका थिए । अहिले उनको शव श्रद्धाञ्जलीका निम्ति नर्भिक अस्पतालमै राखिएको छ।