राजनीति

फाष्ट ट्रयाकको समस्या लम्बिन दिइँदैन : मन्त्री दाहाल



काठमाडौँ, १३ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ –तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् ।

आज मन्त्री दाहालले द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताएका हुन् ।

उनले भने, ‘यो फाष्ट ट्र्याक तराई र काठमाडौँ जोड्ने लाईफलाईन हो’ ‘यसको प्रस्थान विन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहँदैन, सवैले समाधानको विकल्प खोजि गर्नुपर्छ ।’

सडक निर्माण एवम् विस्तार गर्दा कसैको पनि आस्था माथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवम् परम्परागत मान्यता र अस्थाहरुको संरक्षण गर्दै निकाश निकाल्नु पर्नेमा जोड दिए ।