राजनीति

मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरीक्षण



काठमाडौँ, १३ पौष । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणधीन विमानस्थलको निरिक्षण गरेका छन् ।

आज अछामको कलम बजारको विमानस्थल परिक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको अवलोकन गरेका हुन् ।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पौष मसान्तभित्र सक्ने लक्ष्य रहेको छ । मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले २०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिनु भएको छ ।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरेका छन् ।