समाचार

कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु



काठमाडौँ, १३ पौष । मकवानपुरको थाहा नगरपालिका–१० स्थित न्हुलगाउँमा कुटपिटबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुटपिटबाट घाइते भएका ५३ वर्षीय हिराकाजी गोपालीको काठमाडौँको मित्रपार्कस्थित दिर्घायु अस्पतालमा मृत्यु भएको हो । 

पुस ८ मा राति घर नजिकै आगो तापिरहेको अवस्थामा जयराम गोपाीलीले उनलाई ढुंगा र चिर्पट प्रहार गरेका हुन् । हत्यामा संलग्न जयराम गोपालीलाई पक्राउ गरिएको छ । 

हिराकाजीको शुक्रवार मध्यान्ह मृत्यु भएको हो । आरोपीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिरहेको छ ।