Banner News

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी



काठमाडौँ, १४ पौष । सहकारीसम्बन्धी अध्यादेश जारी भएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।