समाचार

सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ



काठमाडौँ, १४ पौष । किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार दैलेखको नारायण नगरपालिका–६ का ३० वर्षीय सम्राट बस्नेत र सरोज महतरालाई बलात्कार गरेको आरोपमा पक्राउ  गरेको हो ।

पउनीहरूले आफू बस्दै आएको काठमाडौँ महानगरपालिका–३० सेतोपुलस्थित कोठामा लिएर बलात्कार गरेको खुलेको छ । उनीहरूले १७ वर्षीया किशोरीलाई शुक्रबार कोठामै लिएर बलात्कार गरेको खुलेको प्रहरी स्रोत बताउँछ ।

शनिबार पक्राउ परेका उनीहरूमाथि बलात्कार मुद्दामा अनुसन्धान सुरु भएको छ ।