राजनीति

सभागृहमा पीएल सिंहको शालिक बनाउने काठमाडौँ महानगरको घोषणा



काठमाडौँ, १४ पौष । काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ ।

महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ । वि. सं. १९९६ साल चैत ११ गते जन्मेका सिंह पछिल्लो समय उपचारसँगै चाक्सीबारी निवासमा बसिरहेका थिए ।