काठमाडौँ, १५ पौष । थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । परीक्षणको क्रममा संक्रमण देखिएको छ ।
गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए । यसअघि नेपालमा पहिलोपटक विदेशी नागरिकमा २०८० असार १ गते मंकिपक्स संक्रमण पुष्टि भएको थियो ।
मंकिपक्सको संक्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।
प्रतिक्रिया दिनुहोस्