राजनीति

पत्रकार सम्मेलन गर्दै भीम रावल



काठमाडौँ, १५ पौष । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी बुधबार (पुस १७) गते पार्टी घोषणा गर्ने भएका छन् ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । रावलका सहयोगी गोविन्द दुवालका अनुसार बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना हुने भएको छ । काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन हुने बताइएको छ ।

सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए ।