काठमाडौँ, १६ पौष । हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बाँकी क्षेत्रको मौसम भने सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशका केही स्थानमा मौसम बदली हुनेछ भने अन्य क्षेत्रको मौसम सफा रहनेछ । आगामी २४ घन्टामा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
हुस्सु र कुहिरोले दैनिक जनजीवन, पर्यटन, सडक यातायात तथा हवाई क्षेत्रमा असर पर्ने भन्दै विभागले सचेत रहन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्