धनकुटा, १६ पौष । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चौबिसे गाउँपालिका-२ बस्ने २५ वर्षीय मेख बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।
लिम्बुले ती किशोरीलाई ललाई फकाई चौबिसे गाउँपालिका-६ राजारानीस्थित होटलमा लगेर पुस ८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्