काठमाडौँ, १६ पौष । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेका छन् ।
आज २६ औँ नेपाल टुरिजम बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यो कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन । सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ ।’
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताए। उनले नेपालको पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दै सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने बताए ।
प्रतिक्रिया दिनुहोस्