काठमाडौँ, १६ पौष । सेयर बजार परिसूचक नेप्से आज ३३ अंकले घटेको छ ।
खुलेदेखि नै ओरोला लागेको बजार अन्त्यमा ३३.३२ ले घटेर बन्द भएको हो । बजार घटेसँगै समग्र बजार मापक २,५७६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घट्दा २८ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । २१३ कम्पनीको सेयरमूल्य घटेको छ । नदीप लघुवित्त, उपकार लघुवित्त, नेपाल इन्फास्ट्रचर बैंक, रसुवागढी हाइड्रो पावर लिमिटेडलगायत कम्पनी उच्च कमाउनेमा परे ।
पाँच अर्ब ५६ करोड, ९२ लाख ६२ हजार रुपैयाँ बराबरको एक करोड २९ लाख ३५ हजार २९० कित्ता सेयर खरिद बिक्री भएको छ ।
समूहगत उपसूचकतर्फ अन्य समूहको सेयर ०.०६ प्रतिशतले बढेको छ । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूह ५.१९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्