काठमाडौँ, १६ पौष । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाडौँको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारीलाई पक्राउ गरेको हो ।
थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी हुन् । उनीहरूलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्