काठमाडौँ, १७ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेबाहेक देशभरको मौसम सफा रहनेछ ।
विभागले बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा छ ।
बिहानको समयमा तराई तथा उपत्यकाकामा हुस्सु तथा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने विभागको भनाइ छ । त्यसैले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्