काठमाडौँ, १७ पौष । सर्लाहीमा अनियन्त्रित भएर बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको हो ।
गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा उक्त हताहत भएको हो ।
उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्