काठमाडौँ, १७ पौष । सेयर बजार परिसूचक नेप्से बुधबार पाँच अंकले बढेको छ ।
आज बजार ५.१० अंक बढेर २,५८१.६० को विन्दुमा उक्लिएको हो । सामान्य अंकले बढेको बजारमा १५० कम्पनीको सेयरमूल्य बढेको छ । ८८ कम्पनीको सेयरमूल्य घटेको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३३४ रुपैयाँ बराबरको ९४ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
त्रिशुली जलविद्युत् कम्पनी, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, जोशी हाइड्रोलगायत कम्पनी उच्च कमाउने कम्पनीमा रहे ।
उपसूचक समूहतर्फ बैंकिङ समूह, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, म्युचअल फण्ड तथा अन्य समूहको सेयरमूल्य घटेको छ । बाँकी समूहको सेयरमूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्