समाचार

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ



काठमाडौँ, १७ पौष । झापामा जबरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापाको १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी डेरा गरी बस्ने भारत वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।