काठमाडौँ, १८ पौष । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार ८६६ विदेशी पर्यटक आएका थिए ।
विश्वकै १०औँ स्थानमा पर्ने यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १८ हजार ४९९ पुरुष, १२ हजार ३६२ महिला र पाँच अन्य व्यक्ति रहेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार सार्क राष्ट्रका एक हजार ५६७ पुरुष र २८७ महिला यहाँ आएका थिए ।
अन्य राष्ट्रका १६ हजार ९३२ पुरुष, १२ हजार ७५ महिला र अन्य पाँच विदेशी पर्यटक आएका थिए । फ्रान्स, इजरायल, जर्मनी, बेलायतलगायत देशका नागरिक बढी आएका केन्द्रका इन्चार्ज गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस्