अर्थ

११ करोडको धान बिक्री



काठमाडौँ, १८ पौष । बाँकेका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जलाई करिब ११ करोड रुपैयाँको धान बिक्री गरेका छन् । 

गत कात्तिक २० गतेदेखि किसानको धान खरिद गर्न लागेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज कार्यालयले पुस १६ गतेसम्म यहाँका किसानलाई ११ करोड ८२ लाख भुक्तानी गरी ३१ हजार ६९० दशमलव ९८ क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए । 

उनका अनुसार धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ किसानसँग धान खरिद गरिसकेका र स्थानीय तहको सिफारिसका आधारमा एक किसानसँग ८० क्विन्टलसम्म धान खरिद गर्ने गरेका छन् ।

धान खरिद गर्नुअघि किसानले स्थानीय तहको सिफारिस दर्ता गर्नुपर्ने र त्यसपछि कार्यालयबाट समय तोकिएको दिनमा किसान आएर धान बिक्री गर्ने गरेको कार्यालय प्रमुख लामिछाने बताए ।