काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् ।
आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन गरेर सबै प्रकरणको छानबिन गर्न आवश्यक देखिएको बताए ।
उनले भने, ‘भष्ट्राचारका कुन कुन फाइल खोल्ने ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु, खोल्छु भनेको सुन्दा आजित भइसयो। शेरादबार, ललितानिवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ । निर्दोष कोही पर्न हुन्न, दोषी उम्कन नपाओस् । शक्तिशाली आयोग बनाएरै छानबिन थालौँ । ‘
प्रतिक्रिया दिनुहोस्