काठमाडौँ, १८ पौष । गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् ।
आज संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण रहेको बताए ।
उनले भने, ‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो ।’ भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व समेत रहेको उनले बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ । ‘काम गर्ने वातावरण पनि चाहिन्छ । वातावरण सबैले मिलेर बनाउने हो’, उनले भने, ‘यसकारण सरकारलाई वश्वास गर्नुपर्छ,’ उनको प्रश्न छ, ‘आवधिक निर्वाचनबाट आएको सरकारलाई विश्वास नगरेर कसलाई गर्ने ? विश्वास गर्नुपर्छ ।’
उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने पनि बताए । ‘भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद रहँदैन । जहिलेसुकै अनुसन्धान हुन सक्छ’, बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले भने ।
प्रतिक्रिया दिनुहोस्